नियम २४
अदालतबाट इतलायनामा वा सूचना तामेल भएपछिको कारबाही
ऐनको दफा २५ बमोजिम नेपाल सरकार उपर परेको नालिस उजुरका सम्बन्धमा अदालतबाट इतलायनामा वा सूचना सरोकारवाला सरकारी वकीलले पाउनासाथ निजले प्राप्त फिरादपत्र उजुरी निवेदनपत्र र अन्य संलग्न कागजात सम्बन्धित अधिकृत वा कार्यालयमा तुरुन्त पठाई दिनु पर्छ । त्यस्तो नालिस उजुर दुई वा दुईभन्दा बढी अधिकृतहरुको कामलाई लिएर गरिएकोमा उक्त कागजात ती अधिकृतमध्ये मुख्य भई काम गर्ने अधिकृत छेउ पठाउनु पर्छ ।